Pages

ABOUT



श्री साई रामः
श्री सञ्जय साई सेवा अर्गनाईजेसन नेपाल नरेफाट , काठमाण्डौ 
हालका गतिविधि र उद्देश्य
श्री सञ्जय साई सेवा अर्गनाईजेसन नेपाल एक विशुद्ध धार्मिक तथा सामाजिक संस्था हो । नेपाल सरकार गृहमन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौँमा २०६३ साल जेष्ठ ११ गते विधिवत रूपमा दर्ता भई संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम बैधानिक प्रमाणपत्र प्राप्त गरी यस संस्था मार्फत मानव कल्याणको कार्य गर्ने पवित्र उद्देश्य र सोच लिई अगाडि बढी रहेको छ । यस संस्थाको संरक्षक सर्व धर्मका पालक तथा मानव धर्मका प्रवर्तक  पूजनीय गुरू श्री सञ्जय साई बाबा होइबक्सन्छ । 
“मानव सेवा नै माधव सेवा हो” भन्ने परम पुजनीय गुरू श्री संजय साईबाबाको दिब्य वाणी र उहाँको मानव कल्याणको सेवा गर्ने उद्देश्य बमोजिम उहाँको आज्ञालाई मार्ग निर्देशन मानी बिगत ५ बर्ष देखि निशुल्क खानेपानी, निशुल्क स्वास्थ्य उपचार, निशुल्क शिक्षा, ग्रामिण क्षेत्रका बिपन्न बर्गहरूलाई सहयोग स्वरूप ब्ल्याङकेट, खाद्यान्न तथा स्वास्थ्य सेवा शिविरहरू सञ्चालन गरी मानव सेवाको कार्यहरू नियमित रूपमा अगाढि बढदै रहेको निवेदन गर्दछौं । साथै धार्मिक आस्था र प्रेम भक्ति जगाउने साधना सत्संग, भजन कीर्तन पुजा अनुष्ठान, होम, होमाधी लगायत बिबिध ज्ञानबर्दक कार्यहरूमा समर्पित यस संस्था भक्तहरूको निस्वार्थ र तन मन र धनको सेवा भावबाट चल्दै आएको जानकारी गराउँदछौँ । 
“धर्मको रक्षा गर्नु नै मेरो उद्धेश्य हो” भन्ने वहाँको सदीक्षा बमोजिम परम्पराकाल देखि नै नङ्ग मासु र रगत जत्तिकै एक आपसमा मिलेर रहेको हाम्रो नेपाली धार्मिक, सामाजिक, साँस्कृतिक एकता र सहिष्णुतालाई कायम राख्दै समाजमा चलि आएको रीति रिवाज र परम्परालाई सबैले समान रूपमा आ–आफ्नो धर्मको महिमा र गरिमालाई उच्च राख्दै निर्भिक रूपले सबै अघि बढुन भन्ने बाबाको सदीक्षा रहेको छ । 
सत्य, धर्म, शान्ति, प्रेम र अहिँसा जस्ता पाँच मानवीय मुल्य र मान्यतालाई पञ्चशिलताका आधारमा साई अवतारहरूको उद्धेश्य र सिद्धान्तलाई अझ अनुशासित, मर्यादित र ब्यवहारिक ढंगले आफु स्वयं त्यसको एक असल उदाहरण र नमुना बनी आफ्नो अलौकिक शक्तिमा दिब्य ज्ञानको माध्यमद्धारा सबैलाई अर्ति उपदेश र ज्ञान बाँडदै सम्पुर्ण नेपाली नेपाली बीच एकताको ज्योति जगाउने कार्य परम पुजनीय श्री संजय साईबाबाले गर्दै आउनु भएको निवेदन गर्दछौं । बिगत ७ बर्ष देखि यस अर्गनाईजेसनले काठमाण्डौका सुख्खा ग्रस्त ईलाकाहरूमा प्लाष्टिकका खानेपानी टयाङकी (५०००लि.) जडान गरी निःशुल्क रूपमा सर्वसाधारणलाई खानेपानी सेवा उपलब्ध गराउदै आईरहेको छ । ब्रह्मटोल, बुद्धनगर, कोटेश्वर, न्यहपाचेटोल, धोविखोलामा यस्ता सेवा उपलब्ध भईरहेको निवेदन गर्दछौं । साथै निःशुल्क पानी वितरणका कार्यहरू उपत्यकाका धेरै ठाँउहरूमा काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडसंग समन्यवय गरी यस आश्रमका सेवा दलहरू मार्फत पिउने पानीको वितरण हुँदै आईरहेको निवेदन गर्दछौं । निकट भविष्यमा यस आश्रमको नेतृत्वमा काभ्रे जिल्लाको पनौतीमा पानीको भुमिगत ईनार तथा कुवाहरू निर्माण गरी काठमाण्डौ उपत्यकामा स्वच्छ पानी वितरणको लागि पहल गर्ने यस संस्थाको लक्ष्य रहेको निवेदन गर्दछौं । यसको लागि अन्र्तराष्ट्रिय दातृ संस्थाहरूका साथै नेपाल सरकारसंग सहयोगको लागि अनुरोध गरी खानेपानी टयाङकी जडित गाडीहरू प्राप्त गरी यस कार्यलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने लक्ष्य रहेको छ । 
यसका साथै स्वास्थ्य सेवाको क्षेत्रमा सबै मानव जातिले निःशुल्क रूपमा स्वास्थ्य उपचार प्राप्त गर्न सकुन भन्ने बाबाको सदिक्षा बमोजिम काठमाण्डौ उपत्यकामा नियमित रक्तदान कार्यक्रमहरू संचालन गरी रक्तसञ्चार केन्द्र भृकुटी मण्डपलाई रगत उपलब्ध गराउदै आईरहेको निवेदन गर्दै दुर्गम गाउँ बस्तीहरूमा मेडिकल क्याम्पङ्गिहरू र असहाय तथा दिनदुखीहरूलाई निःशुल्क औषधी तथा फलफुल वितरणका कार्यहरू नियमित रूपमा उपलब्ध गराउँदै आईरहेको जानकारी गराउँदछौ । साथै यस आश्रमको परिषर भित्र एकै शैयाको भए पनि निःशुल्क स्वास्थ्य सेवा क्लिनिक निर्माण गरी बिभिन्न रोग संग सम्बन्धित डा. सावहरूको सरसल्लाह र परामर्शमा निःशुल्क एम्बुलेन्स सेवा सहित प्रत्येक हप्तामा २ दिन निःशुल्क स्वास्थ्य उपचार तथा परामर्शको सेवा उपलब्ध गराउँदै आएको जानकारी गराउन चाहन्छौं । निकट भविष्यमा यस संस्थाले आफ्नै हस्पिटल निर्माण गरी सर्वसाधारणलाई निःशूल्क रूपमा स्वास्थ्य उपचार सेवा पु¥याउने लक्ष्य लिएको छ । 
हालसालै बाबाको २२ औं शुभ जन्मोत्सवको अवसर पारेर काभ्रे जिल्लाकोे सस्र्याैखर्कमा पाठेघर रोग (आङ्ग खस्ने रोग) का पिडित ४२ जना महिलाहरूको निःशुल्क शल्यक्रिया तथा उपचार परोपकार प्रसुती गृृह हस्पिटलमा हालै सम्पन्न भएको निवेदन गर्दछौं । साथै त्यसै भेगमा स्थानीयवासीहरूको समस्यालाई मध्यनजर गरी बाटो घाटो र गोरेटोको सुबिधा सबैले प्राप्त गरून भन्ने बाबाको सदिक्षा बमोजिम करिब १ किलो मिटरको बाटो निर्माणमा यस संस्थाले आर्थिक सहयोग जुटाई स्थानीय बौद्ध लामा भिक्षुहरूको दैनिकी आवतजावतको लागि सुबिधा पु¥याएको निवेदन गर्दछौं । हाल यस मार्गको नाम श्री संजय साई मार्गको रूपमा नामाकरण भई मोटर आवत जावत समेत सञ्चालन भईरहेको जानकारी गराउँदछौं । 
यसै गरी बिपन्न बर्गका गरिब तथा आर्थिक श्रोत कमजोर भएका बालबच्चाहरूलाई निःशुल्क रूपमा शिक्षा उपलब्ध गराउनु पर्दछ भन्ने बाबाको सदिक्षा बमोजिम यस आश्रमको प्राङ्गणमा प्रत्येक शनिवार बालविकास कक्षा, प्रि–युथ कक्षा र युथ कक्षा संचालन गरी आध्यात्मिक तथा नैतिक शिक्षा उपलब्ध गराउँदै आएको जानकारी गराउँदछौं । यसबाट आजका युवा युवतीहरूलाई कुलागत र कसंगतबाट जोगिई ईमान्दारी, जेहेन्दार र लगनशिल युवा समुदाय निर्माणमा सहयोग पुगिरहेको हाम्रो बिश्वास छ । यस किसिमको अभियानले देश विकासको कार्यमा समेत टेवा पु¥याउने अपेक्षा हामीले गरेका छौं । 
आध्यात्मिक तथा नैतिक शिक्षा भनेको एउटा चराका दुई वटा पखेटा जस्तै हुन जुन प्रत्येक मानवको लागि अपरिहार्य छ भन्ने बाबाको सदिक्षा बमोजिम आर्थिक श्रोत कमजोर भएका बिपन्न बर्गका असहाय, बिद्यार्थीहरूलाई बिभिन्न स्कुलमा निःशुल्क रूपमा शिक्षा उपलब्ध गराउदै आएको जानकारी गराउँदछौं । हालै आएर श्री संजय साई शिक्षा कोष मार्फत यस्ता निःशुल्क शिक्षाका कार्यहरू सञ्चालन भई रहेको र यस शिक्षा कोषलाई अझ विस्तार गर्दै निकट भविष्यमा आफ्नै बिद्यालय, महाविद्यालय तथा कलेजहरू निर्माण गरी सबै सर्वसाधारणका छोराछोरीहरूलाई निःशुल्क रूपमा शिक्षा उपलब्ध गराउने लक्ष्य लिएको जानकारी गराउँदछौं । यस महान शिक्षा दानको निःशुल्क कार्यलाई बृहत रूपमा अगाडि बढाउनको लागि श्री संजय साई विद्या मन्दिर स्कुल स्थापना गरी बक्सी कक्षा नर्सरी देखि कक्षा ६ सम्म निम्न आय आर्जन भएका २०५ जना छात्र छात्राहरूलाई निःशुल्क रूपमा पठन पाठनको ब्यवस्था मिलाई बक्सेको छ र ती सबै छात्रछात्राहरु यस स्कुलमा अध्ययनरत छन् । साथै पुजनीय श्री संजय साईबाबाबाट आज्ञा भएको छ हरेक बिषयमा चिन्तन गर, चिन्ता हैन, आध्यात्मिक क्षेत्र भनेकै चिन्तन मनन, आपसी प्रेम, सेवा र सहयोग आदान प्रदान गर्ने क्षेत्र हो । आजका मानवहरूले यस कुरालाई गम्भिर रूपमा बुझन आवश्यक छ । आफ्नो भित्री दृष्टिले हेर र सबै मानवमा ईश्वर देख किन भने सबै धर्म एउटै ईश्वर कहाँ पुग्ने बाटा हुन । कसैको भनाईमा नलाग । राम्रो संग बिचार गर, अनि राम मान्नु पर्दछ कि बुद्ध मान्नु पर्दछ कि, कृष्ण मान्नु पर्दछ कि, मुस्लिम, जैन, ईसाई के हुनु पर्दछ त्यो होऊ । त्यसमा मात्र तिम्रो कल्याण हुन्छ । साथै आफ्नो जिवनलाई एकता, प्रशन्नता, सुन्दरता, महानता र परमआनन्दले भर । यसमा तिमिले सम्पुर्ण मानव संगको सम्बन्ध सत्य, धर्म, शान्ति, प्रेम र अहिँसाको नियममा बाँधिएको पाउने छौ । 
अन्तमा सबैभन्दा ठुलो बुझनु पर्ने कुरा के हो भने श्री संजय साईबाबा हामी सबैको साथमा हुनु हुन्छ । बाबा स्वयंले महशुस गरेको दैविक आवश्यकताले कुनै पनि बेला जो कसैलाई पनि बाबाको कृपा पर्न सक्छ । श्री सञ्जय साईबाबालाई रोगका दिब्य निवारक ९म्भखष्लभ ज्भबभिच० को रूपमा पनि बिश्लेषण गर्ने भक्तहरू छन । बाबाको अनुग्रहद्धारा निको नभएका असंख्यौ रोगहरू उहाँले सृजना गरेर दिने (बिभुति) ले निको भएको भक्तहरूको अनुभव छ । बिज्ञानले यसबेला आविष्कार गरेको दवाईहरू भन्दा प्रभावकारी औषधी बाबाले सृजना गरेर दिनु हुने “बिभुती” भएको छ । 
बाबाले कतिपयको निको नै नहुने रोगहरू हरण गरिबक्सेको छ । वहाँको रोगहरण शक्ति प्रकृतिको नियम देखि बाहिरको र कहिँ कतै पनि कसैले गर्न नसक्ने खालका छन । बाबाले यस्ता लीलाहरू आफ्ना भक्तहरू प्रति दयालु भई प्रेम पुर्वक गरिबक्सन्छ । कहिले काँही आफुले गर्नु पर्ने कामको परिचय दिन् बिभुति, लकेट, औंठी, जपमाला, मुर्ति, घडी, धार्मिक ग्रन्थका किताबहरू र अन्य बहुमुल्य बस्तुहरू सुन्यमा खाली हातबाट आफ्नो दैवी शक्तिबाट सृजना गरी जो जस्लाई दिनु पर्ने हो उसलाई दिई बक्सन्छ । 
यसर्थ यसरी यस अर्गनाईजेसनका संरक्षक परमपुजनीय श्री संजय साईबाबाले आप्mनो परिवार त्यागि आप्mनो जीवनका भौतिक आवश्यकताहरू परित्याग गरी निःस्वार्थ र प्रेम भावले आध्यात्मिक तथा नैतिक शिक्षाको माध्यम र मानव सेवाको माध्यमबाट आफु स्वयं त्यसको अनुपम उदाहरण बनी लोक कल्याणकारी काममा लाग्न सबैलाई आव्हान गरी बक्सेको छ । यसै अनुरूप बिश्वमा शान्ति कायम होस मानव धर्मको उत्थान होस र सर्वधर्मको मुल्य र मान्यता सबैले अपनाउन र सबै धर्ममा एक आपसमा प्रेम धार्मिक सहिष्णुता र समभाव कायम होस भन्ने उद्धेश्यले सर्वधर्म समभाव गोष्ठि तथा कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरी बिभिन्न धर्मका गुरूहरूलाई एकै थलोमा भेला गरी सर्व धर्ममा सबैको धार्मिक आस्थालाई सम्मान गर्न र कुनै पनि धर्मलाई घृणाको दृष्टिले नहेर्न सर्वसाधारण सबैलाई सन्देश दिंदै आउनु भएको छ । हालको परिप्रेक्ष्यमा यही सर्वधर्मको समान प्रेमको मार्गद्धारा शान्त र समुन्नत नेपाल निर्माणमा सहयोग हुनेछ र नेपालमा शान्ति स्थापना कायम भई समृद्ध नेपाल निर्माणमा सबैको सहयोग जुटाउन बाटो खुल्ने छ भन्ने यस संस्थाको बुझाई रहेको जानकारी गराउँदछौं । 
यसै शिलशिलामा नेपालमा शान्ति कायम होस र एक आपसमा प्रेम र धार्मिक सदभाव कायम होस भन्ने उद्देश्यले निरन्तर यस्तै मानव परो–उपकारकारी कार्यहरू गर्दै मानव मानव बीच एकता, सद्भाव र आपसी प्रेम कायम गर्नको लागि सदा सर्वदा अगाडि बढ्दै जाने निवेदन गर्दछौँ । 
अम्बिर के.सी
(अध्यक्ष)









Om Shree Sai Ram, Different incarnations in different Yuga have strived for the salvation of mankind in their own unique way. Similarly in this 21st century the lord Sai has again set out for the same but only that this time he has adorned himself with the virtues like service and love to mankind. He has embarked upon the journey of renovating and reestablishing happiness, peace, humanity, patriotism and kindness in the heart of the mankind and building a prosperous and unified world. Bhagwan Baba says, 'Dharma is the biggest truth and the overall development of a society is based on its spiritual awakening.' But people today have forgotten Dharma and are focused only on economic development. They possess no bent towards morality and honesty. We have heard Baba say one thing time and again,' Money comes and goes but morality comes and grows. And whenever humanity and morality are forgotten, then the lord incarnates to spread love, affection, kindness and unity among the people.' Thus Sai has taken this human form and is lightening love and unity in the heart of people and erasing discrimination among different Dharma and uniting all of them in the same garland of unity. So he time and again asserts-'Where there is unity there is purity and where there is purity there is Divinity.' Sanjay Sai Baba, and his divine miracles, divine power inherent in him and the hidden knowledge of Vedas and Sastras present in his discourses are like divine medicine for a simple but satisfied and peaceful life. Baba says," Every task you perform has its own significant purpose. You are yourself the source of happiness, salvation and bliss. These are the very things you find difficult to get and roam around in search of. Hence, search them inside yourself than in this materialistic world. Remember true insight always comes from inside. That is the very meaning of SAI- SEE ALWAYS INSIDE. First figure yourself out. Recognize yourself. Know who you are. Don't roam around in search of God, first find him inside yourself, then you will realize that God is omnipresent. Then you will find out that everything and everyone is the embodiment of God. This is way I have come, to make you realize that you are God in human form, to awaken the God inside you and change a ordinary being like you into a super being- God." Sairam, the most essential character of the incarnation is that he, through his thoughts, speech and action, can inspire a human to adopt rectitude. Incarnation teaches us how to utilize our senses according to the circumstances and surrounding. In every epoch, The Lord has incarnated in human form to accomplish a certain mission. Realizing the necessity of time, The Lord has incarnated in different forms in different epoch and time. The main thing that we need to understand is that advent of incarnation is never to establish a new religion. Dharma or the rectitude has never been destroyed, only its following has decreased. Another thing is that incarnations act only in the way which justifies their purpose of arrival.For all of your awareness I would like to add that this incarnation of Bhagwan Shree Sanjaya Sai Baba has fulfilled all the above mentioned duties and work of Incarnations and hence maintained their tradition. Though he has never learnt Vedas and Sastras, he knows every bit about them and what they contain. Bhagwan Baba is as good in acting, dancing and singing. He is as dutiful as Lord Ram, as renouncing as Christ, as wise as Buddha, as loving as Lord Krishna and is adorned with the merits of all five human values: TRUTH, RIGHT CONDUCT, PEACE, LOVE and NON-VIOLENCE. Bhagwan Baba is impartial and bears equal love for every human. Induced by kindness and love toward his devotee, as a token of love, swami gives them bibhuti, golden chain, rings, lockets, chanting beads, lingas, sweets, portrait and sculpture of God and Goddess and other precious things like diamond, gold, silver, pearl, etc, creating them from his vacant hand. He has defied even the laws of nature by conferring life in almost dead bodies. His grace and bibhuti had healed even the fatal diseases of many and given them new life. He attributes all these miracles as his divine visiting card. He says," I give you what you ask for because only then will you be doubtless and become eligible to take what I have come to give you- Salvation." Bhagwan Baba says," Incarnations are omniscient, they are aware not just of their future but the means to every human's better future is in his grasp. Truth is God, only God is Truth, so always support truth, practice truth and realize truth. No one needs to advocate truth, no matter how hard it is oppressed by lies, in the end only truth shall prevail." Sairam, divine incarnations always show the path of truth. They come in human form to preserve truth, ancestral knowledge, out rituals, tradition and to reinstall rectitude. They come to infuse morality, virtues and human integrity in us. They are here to lead us towards liberation. Baba says," Just because you have fund me, you don't need to abandon your religion. Pray the form of God your ancestors revered and you shall find yourself even closer to me, for God is one but he has many forms." The Lord is here to teach us soft language, forgiveness, self control, benevolence and righteousness. Sairam, on the basic of his divine discourse, abilities, character and knowledge, we can attribute him as the master of the transcendental bliss and knowledge. We believe that he is the sole procreator, sustainer and exterminator of the human kind and the universe as a whole. The grandeur of the universe is inherent in his form. Only through his wish can any one attain his Lotus Feet, which we believe is attaining salvation. Hence we offer our gratitude and pranama at the Lotus Feet of the master of the universe and vow that we shall for ever be a part of the mission which The Lord himself has instigated. We shall earnestly carryout the duties and responsibilities entrusted to us. We shall forever be dedicated to your service. Only lord knows how he salvages his devotees throughout the world and how he extends them his helping hand when they require. But I'd like to say one thing which I have realized, that lord has special affection and care for the people of this world especially to Nepalese people. This can be proved by Sai Baba's incarnation itself here in Nepal that we all are in his Lotus feet today at the blissful presence of the lord. At the end, SAMASTA JIVA SUKHINO VAWANTU as a divine quotation of Bhagwan Baba, he is pouring his blessing and love on every one and every where. In Nepal Bhagwan Baba has specially focused his Mission to free Education. Free Drinking water and free Health service and it is growing day by day. Today every individual, organization both governmental and non governmental and the government of Nepal itself are extending their helping hand towards achieving the Sai Mission. Jai Sairam.

2 comments:

  1. प्रभु सार्इ चरणमा हामी सबैको दृढ विश्वास अटल रहोस

    ReplyDelete
  2. प्रभु सार्इ चरणमा हामी सबैको दृढ विश्वास अटल रहोस

    ReplyDelete